Kathmandu Press

चितवनमा थप २० जनामा कोरोना भाइरसको संक्रमण

चितवन, असोज २० : चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको...
चितवनमा थप २० जनामा कोरोना भाइरसको संक्रमण

चितवन, असोज २० : चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी र दाङका रहेको अस्पताल प्रशासनले जनाएको छ । भरतपुर अस्पतालले सोमबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र २ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका ३ पुरूष र ३ महिलामा पनि संक्रमण भएको छ । संक्रमित हुनेमा ३ वर्षीया बालिका पनि छन् । इच्छाकामनाका एक पुरूष, रत्ननगर र कालिकाका एक, एक जना महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै नवलपरासीको मध्यविन्दुकी १९ वर्षीया एक युवती र दाङ तुलसीपुरका ३४ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टी भएको डा.अधिकारीले बताइन् । 

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्