Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार

काठमाडौं, असोज २० : भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५९ हजार ८९३...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार

काठमाडौं, असोज २० : भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ५९ हजार ११० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख १९ हजार ३६३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३ हजार ६०० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्