सरकारलाई पौडेलको प्रश्न- डा. केसीले पनि गोरखाका नन्दप्रसादकै नियति भोग्नु पर्ने हो ?
काठमाडौं, असोज १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको माग...
काठमाडौं, असोज १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले चासो नदिएकोप्रति आक्रोश पोखेका छन्।
सोमबार ट्वीटरमा ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले अनशनरत डा. गोविन्द केसीले पनि गोरखाका नन्दप्रसाद अधिकारीकै नियति भोग्नु पर्ने हो भन्दै सरकारलाई प्रश्न गरेका छन्। उनले भनेका छन्,‘खतमाफहरुलाई एक प्रश्न– म फेरि सोध्छु, कम्युनिष्ट सरकारसँग के डा. गोविन्द केसीले पनि गोरखाका नन्दप्रसादकै नियति भोग्नु पर्ने हो?’
उनले सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने हो भनेर पनि प्रश्न गरेका छन्। ‘ सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने हो ? के नेपालमा कम्युनिष्टका सबै खत माफ हुने ! आखिर कहिलेसम्म ?’ पौडेलले भनेका छन्।
खतमाफहरुलाई एक प्रश्न !
— Ram Chandra Paudel (@NcPaudel) October 5, 2020
म फेरि सोध्छु, कम्युनिष्ट सरकारसँग के डा. गोविन्द केसीले पनि गोरखाका नन्द प्रसाद कै नियति भोग्नु पर्ने हो ?
सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने हो ?
के नेपालमा कम्युनिष्टका सबै खत माफ हुने ! आखिर कहिले सम्म ?
२०७७।०६।१९











