Kathmandu Press

कोरोना संक्रमणबाट काठमाडौं र ललितपुर थप १२ जनाको मृत्यु

काठमाडौं, असोज १९ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं र ललितपुरमा गरी थप १२ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा...
कोरोना संक्रमणबाट काठमाडौं र ललितपुर थप १२ जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं, असोज १९ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं र ललितपुरमा गरी थप १२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा तीन महिलासहित ९ जना र ललितपुरमा तीन वर्षीय बालकसहित तीन जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट काठमाडौंका २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष तथा ७६, ८१ र ८३ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, ललितपुरमा तीन वर्षीय बालक, ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।
 

प्रकाशित मिति: २२:३२ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्