काठमाडौंमा ११७८ सहित उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित
काठमाडौं, असोज १९ : काठमाडौंमा ११७८ सहित उपत्यकामा थप १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १५३१...
काठमाडौं, असोज १९ : काठमाडौंमा ११७८ सहित उपत्यकामा थप १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका ११७८, भक्तपुरका १०३ र ललितपुरका २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, नेपालमा थप २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। संक्रमितमध्ये ६५ हजार २०२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५५४ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर ११३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:०६ बजे, सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











