Kathmandu Press

थप २४४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप  २४४०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  
थप २४४० जनामा कोरोना संक्रमण पुष्टि
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १९ :  नेपालमा थप  २४४०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप  २४४०  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। संक्रमितमध्ये ६५  हजार २०२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५५४ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर  ११३३  जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०४ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्