Kathmandu Press

नेकपा सचिवालय बैठक भोलि बस्ने 

काठमाडौं, असोज १९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र...
नेकपा सचिवालय बैठक भोलि बस्ने 
नेकपाको सचिवालय बैठकमा सहभागी नेताहरू। फाइल तस्वीर।

काठमाडौं, असोज १९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ। 

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सोमबार भएको भेटपछि सचिवालयको बैठक मंगलबारका लागि बोलाइएको हो।

सचिवालयको बैठक मंगलबार दिउँसो ४ बजेका लागि तय भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

यसअघि आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो। सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुनेछ। 

पछिल्लो समय प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल नगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्तिका लागि सिफारिस गरेपछि नेकपाभित्र असन्तुष्टि बढेको छ।
 

प्रकाशित मिति: २१:४९ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्