प्रदेश ५ को प्रदेशसभा बैठकमा कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड
काठमाडौं, असोज १९ : राजधानी तोक्ने विषयमा प्रदेश पाँचको प्रदेशसभा बैठकमा हंगामा भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच बैठक अघि बढाइएपछि आक्रोशित...
काठमाडौं, असोज १९ : राजधानी तोक्ने विषयमा प्रदेश पाँचको प्रदेशसभा बैठकमा हंगामा भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच बैठक अघि बढाएपछि आक्रोशित बनेका कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका छन्। कांग्रेस सांसदले प्रदेशभाका कुर्सी र टेबल तोडफोड गरेका हुन्। कांग्रेस सांसदहरुले नाराबाजी जारी राखे पनि बैठक चलिरहेको छ।
कांग्रेसका सांसदहरूको नाराबाजी गरेपछि सभामुख पूर्ण घर्तीले कांग्रेसका सांसद्हरूलाई बस्न आग्रह गरेका थिए। उनले बोल्न चाहे समय उपलब्ध गराउने बताएका थिए। तर, कांग्रेसका सांसदले निरन्तर विरोध गरेपछि सभामुखले बैठक अघि बढाए।
कांग्रेसको विरोधका बाबजुत सत्तापक्षले प्रदेशको राजधानी भालुवाङ तोक्ने प्रस्ताव पास गराउने रणनीति अनुसार संसद अघि बढाएको छ। आफूहरूसँग कुनै छलफल नै नगरी सत्तापक्षले राजधानीको विषयमा प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध जनाएको छ।











