Kathmandu Press

विराट नर्सिङओमको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या 

काठमाडाैं, असोज १९ : विराटनगरको विराट निर्सिङ होमको आइसियूमा उपचाररत बिरामीले अस्पतालको दोस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन्।  मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ५३...
विराट नर्सिङओमको दोस्रो तल्लाबाट हामफालेर बिरामीले गरे आत्महत्या 

काठमाडाैं, असोज १९ : विराटनगरको विराट निर्सिङ होमको आइसियूमा उपचाररत बिरामीले अस्पतालको दोस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन्। 
 
मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ५३ वर्षीय अमृत गजमेर सोमबार बिहान हामफालेका हुन्।

गर्मी भएको बहाना गर्दै सोमबार बिहान आइसियू कक्षबाट निस्किएका गजमेर हामफाले पछि घाइते भएका थिए। उनको उपचारको क्रममा बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। 

फोक्सोसम्बन्धी बिरामी रहेका गजमेर असोज १७ गते अस्पताल भनाए भएका थिए। 

उनका आफन्तहरूले भने अस्पतालको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै छानबिन गर्न माग गरेका छन्।

प्रकाशित मिति: १९:३९ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्