Kathmandu Press

प्रधानन्यायाधीशसहित सर्वोच्चका १६ न्यायाधीश होम क्वारेन्टिनमा

काठमाडौं, असोज १९ : सर्वोच्च अदालतका एक जना न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित १६ जना न्यायाधीश...
प्रधानन्यायाधीशसहित सर्वोच्चका १६ न्यायाधीश होम क्वारेन्टिनमा

काठमाडौं, असोज १९ : सर्वोच्च अदालतका एक जना न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित १६ जना न्यायाधीश होम क्वारेन्टिनमा बसेका छन्।

सर्वोच्चका १६ न्यायाधीश होम क्वारेन्टिनमा बसेपछि सोमबार दुई जना न्यायाधीश मात्रै अदालतमा उपस्थित भएका छन्। सर्वोच्च अदालतका अनुसार न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मात्रै अदालतमा छन्। उनीहरुकै एकल र संयुक्त इजलासमा मुद्दाको सुनुवाइ चलिरहेको छ।

सर्वोच्चमा १९ न्यायाधीश छन्। एक जनालाई कोरोना संक्रमण देखिएको छ भने ृउनको सम्पर्कमा आएका १६ न्यायाधीश होम क्वारेन्टिनमा बसेका हुन्। त्यसैले न्यायाधीश श्रेष्ठ र शर्मा मात्रै सोमबार सर्वोच्चमा उपस्थित भएका हुन्।

उनीहरु केही दिन होम क्वारेन्टिनमै बस्ने जनाएको छ। पाँच दिनपछि स्वाब परीक्षण गरेर मात्रै सर्वोच्चमा हाजिर हुने भएका छन्।

संक्रमण देखिएका न्यायाधीश र अन्य १६ जना केही दिनअघि सामुहिक बैठकमा सहभागी थिए। यससम्बन्धी सर्वोच्च अदालतले आइतबार नै सूचना जारी गरेको थियो।

 

प्रकाशित मिति: १९:०० बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्