गाउँपालिका अध्यक्षसहित सप्तरीमा १० जनामा कोरोना
सप्तरी, असोज १९ : सप्तरीको राजगढ गाउँपालिका अध्यक्षसहित १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।आज आएको कोरोना परीक्षण रिपोर्टमा गाउँपालिका अध्यक्ष परमानन्द यादव...
सप्तरी, असोज १९ : सप्तरीको राजगढ गाउँपालिका अध्यक्षसहित १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आज आएको कोरोना परीक्षण रिपोर्टमा गाउँपालिका अध्यक्ष परमानन्द यादव र उनका परिवारका चार जनामा पनि कोरोना देखिएको छ। त्यस्तै, गाउँपालिकाको कृषि शाखाका संयोजक र अध्यक्षका चालकलाई पनि कोरोना देखिएको जनाएको छ।
उनीहरुको दुई दिन स्वाब संकलन गरिएको थियो। अध्यक्षसहति १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो।
त्यस्तै, अन्य संक्रमितहरुमा राजगढ गाउँपालिका–३ का चार जना रहेका छन्। जसमा आठ वर्षीय बालकदेखि ६५ वर्षीय बृद्धसम्म छन्।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार अन्य संक्रमित हुनेमा राजविराज नगरपालिका–६ का ४४ वर्षीय, सुरुङ्गा नगरपालिका–१ का ३२ वर्षीय, महादेवा गाउँपालिका–४ का २८ वर्षीय पुरुष र बिष्णुपुर गाउँपालिका–७ का १६ वर्षीया महिला संक्रमित भएका छन्।
योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या एक हजार तीन सय १७ पुगेको छ। संक्रमितहरुमध्ये १८ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक हजार ६२ जना संक्रमित निको भएका छन्।











