Kathmandu Press

कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु

धरान, असोज १९ : कोरोना भाइरसको संक्रमणबाट धरानमा सोमबार एक जनाको मृत्यु भएको छ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा...
कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु

धरान, असोज १९ : कोरोना भाइरसको संक्रमणबाट धरानमा सोमबार एक जनाको मृत्यु भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा धरान उपमहानगरपालिका–१५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यहि दिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना भएका थिए।

उनको उपचारका क्रममा सोमबार बिहान ६ः४५ मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए। उनी मिर्गौला रोगबाट पीडित थिए।

यससँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको पुगेको छ। अहिलेसम्म अस्पतालमा आठ सय २३ जना भर्ना भएकामा सात सय ४६ जना निको भएका छन्।

प्रकाशित मिति: १६:१७ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्