Kathmandu Press

आजदेखि श्रम स्वीकृति सेवा पुनः सुचारु 

काठमाडौं, असोज १९ : वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा आजदेखि पुनः सुरु भएको छ ।कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि...
आजदेखि श्रम स्वीकृति सेवा पुनः सुचारु 

काठमाडौं, असोज १९ : वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा आजदेखि पुनः सुरु भएको छ ।

कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित कार्यालयको सबै सेवा बन्द भएपनि भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसरी रोजगारी गुमाउने अवस्थामा रहेको श्रमिकको समस्यालाई ध्यानमा राखी आज सोमबारदेखि पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति दिन थालिएको ताहाचल कार्यालयले जनाएको छ ।

कार्यालयमा जानेले भौतिक दूरीका साथै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्ने जनाएको छ । 

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्