चितवनमा गरिएको परीक्षणमा ६६ जनामा कोरोना पोजेटिभ
काठमाडौं, असोज १९ : चितवनमा थप ६६ जनामा कोरोना भाइरसको रिर्पोट पोजेटिभ आएको छ ।चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा...
काठमाडौं, असोज १९ : चितवनमा थप ६६ जनामा कोरोना भाइरसको रिर्पोट पोजेटिभ आएको छ ।
चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो गरिएको १८७ परीक्षणमध्ये ६६ जनामा रिर्पोट पोजेटिभ आएको चितवन मेडिकल कलेजका डा. नविन कुमार चौधरीले जानकारी दिए ।
प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरण अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै चितवनकै ४७ जना रहेका छन्। नवलपुरका १२, मकवानपुरका ३, बारा, पर्सा, रुपन्देही र तनहुँका एक एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।


प्रकाशित मिति: १४:४२ बजे, सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











