Kathmandu Press

एष्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार

काठमाडौं, असोज १९ : इंग्लिस प्रिमियर लिग फूटबलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा एष्टन...
एष्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार

काठमाडौं, असोज १९ : इंग्लिस प्रिमियर लिग फूटबलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा एष्टन भिल्लाले लिभरपुललाई ७–२ गोल अन्तरले हराएको हो ।

घरेलु टोली एष्टनको जितमा ओली वाट्किन्सले ह्याट्रिक गरे । वाट्किन्सले चौथो र २२ औं मिनेटमा गोल गर्दै एष्टनलाई शुरुवाती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा लिभरपुलका मोहम्मेद सलाहले गोल फर्काए। त्यसपछि एष्टनका लागि ३५ औं मिनेटमा जोन म्याकगिन र ३९ औं मिनेटमा वाट्किन्सले गोल थपेपछि एष्टनले खेलमा ४–१ गोलको अग्रता बनायो।

दोस्रो हाफअन्तर्गत ५५ औं मिनेटमा एष्टनका रोस बार्क्लेले गोल गरे। लगत्तै लिभरपुलका सलाहले व्यक्तिगत दोस्रो खेल गरेपछि खेल ५–२ गोलको अवस्थामा पुग्यो।

त्यसपछि एष्टनका लागि ज्याक ग्रेएलिशले ६६ र ७५ औं मिनेटमा गोल गरेपछि एष्टनले ७–२ गोलको शानदार जित निकालेको हो । लगातार तीन खेल जित्दै ९ अंकसहित एष्टन तालिकाको दोस्रो स्थानमा रहँदा चार खेल खेल्दै पहिलो हार व्यहोरेको लिभरपुल समान ९ अंकका साथ पाँचौ स्थानमा छ।

लिगअन्तर्गत गएराति भएका अन्य खेलमा टोटेनह्यामले म्यानचेष्टर युनाइटेडलाई ६–१, वेष्टह्याम युनाइटेडले लेष्टर सिटीलाई ३–०, आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१, साउथह्याम्टनले वेष्ट ब्रोमलाई २–० र उल्फ्सले फूलह्यामलाई १–० गोलले पराजित गर्‍यो । 

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, असोज १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्