Kathmandu Press

एक्कासी शुभेच्छुकसामु देखिए ट्रम्प, स्वास्थ्यमा सुधार भएको दाबी 

काठमाडौं, असोज १९ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका...
एक्कासी शुभेच्छुकसामु देखिए ट्रम्प, स्वास्थ्यमा सुधार भएको दाबी 

काठमाडौं, असोज १९ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ को उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई एक छिन मोटरमा घुम्दै अचम्ममा पारिदिएका छन्। आफूले आश्चर्यजनक भ्रमण गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिएका हुन् । 

महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताए। यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमवार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए।

डा. सीन कोन्लीका अनुसार ट्रम्प सङ्क्रमित भएपछि दुई पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो। यो एक प्रकारको औषधि हो जसले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ।

डा. कोन्लीले ट्रम्पलाई कम्तीमा एक पटक अक्सिजन दिइएको बताए। वाल्टर रीड न्याश्नल मिलिटरी मेडिकल सेन्टर पत्रकार सम्मेलनमा डा. कोन्लीले ट्रम्पलाई कोरोनाभाइरस पोजेटिभ देखिएयता दुई पटक अक्सिजनको मात्रा तल झरेको बताएका थिए। (बीबीसी) 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्