२४ घण्टामा विश्वभर साढे २ लाख कोरोना संक्रमित थपिए
काठमाडौं, असोज १९ : पछिल्लो २४ घण्टामा विश्वभर झण्डै साढे २ लाख नयाँ संक्रमित थपिएका छन्।भारतमा ७४ हजार ७ सय, अमेरिकामा ३२ हजार,...
काठमाडौं, असोज १९ : पछिल्लो २४ घण्टामा विश्वभर झण्डै साढे २ लाख नयाँ संक्रमित थपिएका छन्।
भारतमा ७४ हजार ७ सय, अमेरिकामा ३२ हजार, फ्रान्समा साढे १२ हजार, रसियामा साढे १० हजार तथा ब्राजिलमा साढे ८ हजार संक्रमित थपिएका छन्। यो सहित विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ३ करोड ५३ लाख ८५ हजार पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार संक्रमितको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा ९ सय २, मेक्सिकोमा ३ सय ८८, ब्रजिलमा ३ सय ६४ तथा अमेरिकामा ३२७ जनाको मृत्यु भएको छ।
योसहित विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार पुगेको छ। विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या २ करोड ६६ लाख पुगेको छ।
प्रकाशित मिति: १३:१२ बजे, सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












