Kathmandu Press

आईपीएल : चेन्नईले पन्जाबलाई १० विकेटले हरायो 

काठमाडौं, असोज १९ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविकको उपविजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।यूएईमा राति भएको खेलमा किङ्स...
आईपीएल : चेन्नईले पन्जाबलाई १० विकेटले हरायो 

काठमाडौं, असोज १९ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविकको उपविजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।

यूएईमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो । आइतबार राति दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो ।

चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे । पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे ।

वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय​इनिङ्स खेले ।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौँ स्थानमा समेत उक्लिएको छ । ५ खेलमा एक मात्र जित हात पारेको पन्जाव भने २ अंकसहित तालिकाको पुछारमा रहेको छ ।

प्रकाशित मिति: १२:४० बजे, सोमबार, असोज १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्