Kathmandu Press

भारतमा २४ घण्टामा ७४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

भारतमा २४ घण्टामा ७४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं, असोज १९ : भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ७६७ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ८३ हजार ४५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ३६ हजार १३ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २ हजार ७१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रकाशित मिति: १२:३७ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्