Kathmandu Press

कोरोना भाइरस : नेपालले चीनलाई उछिन्यो 

काठमाडौं, असोज १८ : कोरोना भाइरसको संक्रमित संख्यामा नेपालले चीनलाई पछि पारेको छ। कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई करिब १४ सयले पछि पारेको...
कोरोना भाइरस : नेपालले चीनलाई उछिन्यो 

काठमाडौं, असोज १८ : कोरोना भाइरसको संक्रमित संख्यामा नेपालले चीनलाई पछि पारेको छ। कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई करिब १४ सयले पछि पारेको हो।  

चीनमा हालसम्म ८५ हजार ४५० जना मानिस कोरोना संक्रमित भेटिएका छन्। आइतबारसम्म नेपालमा ८६ हजार ८२३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्यामा नेपाल चीन भन्दा अघि रहेपनि मृत्युदर भने नेपालमा कम रहेको छ।

कोारनो संक्रमणबाट हालसम्म चीनमा ४  हजार ६३४ जनाको मृत्यु भइसकेको छ। नेपालमा भने आइतबारसम्म ५३५ जनाको मात्रै मृत्यु भएको छ। 

कोरोना भाइरस गत डिसेम्बरमा चीनकै वुहानबाट फैलिएको थियो।

प्रकाशित मिति: २२:३४ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्