कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु
काठमाडौं, असोज १८ : कोरोना संक्रमणबाट आइतबार देशभर थप सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन्।स्वास्थय तथा...
काठमाडौं, असोज १८ : कोरोना संक्रमणबाट आइतबार देशभर थप सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन्।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक मध्ये बाँकेका एक पुरुष र एक महिला रहेका छन्। त्यस्तै, काठमाडौं र ललितपुरका एक–एक पुरुषको मृत्यु भएको छ।
त्यसैगरी चितवन, मकवानपुर र कन्चनपुरका एक–एक जना महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
योसहित हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।
प्रकाशित मिति: २२:२७ बजे, आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











