काठमाडौं उपत्यकामा थपिए १५९९ जना कोरोना संक्रमित
काठमाडौंका १३७३ जना, ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ।
काठमाडौं, असोज १८ : काठमाडौं उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार गरिएको परीक्षणमा काठमाडौंमा १३७३ जनासहित १५९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका १३७३ जना, ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ। संक्रमितमध्ये ६४ हजार २९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५३५ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर १३२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:१३ बजे, आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











