Kathmandu Press

थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २२५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 
थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १८ : नेपालमा थप २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २२५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ। संक्रमितमध्ये ६४ हजार २९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५३५ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर १३२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या भने २२ हजार दुई सय १९ पुगेको छ।

संक्रमित निको हुने दर ७३.७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

त्यस्तै कोरोना संक्रमितहरु संस्थागत आइसोलेनमा १० हजार तीन सय २६ र होम आइसोलेसनमा ११ हजार आठ सय ९३ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २२:०४ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्