Kathmandu Press

२५ गतेलाई सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक  

काठमाडौं, असोज १८ : सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठकले २५ गतेलाई सरेको छ।केन्द्रीय समिति बैठक अघि बिहीबार गरिएको पीसीआर परीक्षणमा केन्द्रीय सदस्य,...
२५ गतेलाई सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक  

काठमाडौं, असोज १८ : सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठकले २५ गतेलाई सरेको छ।

केन्द्रीय समिति बैठक अघि बिहीबार गरिएको पीसीआर परीक्षणमा केन्द्रीय सदस्य, केन्द्रीय कार्यालयका कर्मचारी, सुरक्षाकर्मीलगायतको रिपोर्ट पोजेटिभ आएपछि बैठक सारिएको हो।  

प्रवक्ता विश्वप्रकाश शर्माले बैठक २५ गते अपरान्ह डाकिएको बताए। उनका अनुसार सानेपास्थित केन्द्रीय कार्यालय पाँच दिनका लागि सिल गरिएको छ।

पार्टीभित्र देखिएको विवाद समधान, महाधिवेशनको मितिलगायतका विषयमा छलफल गर्न  बैठक बोलाइएको हो।

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्