डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै, अक्सिजन सर्पोटमा राखियो
काठमाडौं, असोज १८ : अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ। स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई अक्सिजन सर्पोटमा राखिएको छ। त्रिभूवन विश्वविद्यालय...
काठमाडौं, असोज १८ : अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ। स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई अक्सिजन सर्पोटमा राखिएको छ।
त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनसनरत डा. केसीलाई निरन्तर छाति दुख्नुको साथै स्वासप्रश्वासमा पनि समस्या भएपछि अक्सिजन सर्पोटमा राखिएको हो।
आइतबार मध्याह्नदेखि डा.केसीलाई समस्या हुन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। श्वास फर्ने गाह्रो भएपछि अक्सिनको सपोर्टमा राखिएको उनकी सहयोगी डा.तोसिमा कार्कीले बताइन्।
उनको शरीरमा पानीको मात्रा कम हुँदै गएको छ। त्यस्तै, मुटुको धड्कन र रक्तचाप पनि गडबढ भइरहेको चिकित्सकले बताएका छन्। उनलाई केही दिनदेखि नै रिंगटा लाग्न थालेको थियो।
डा.केसीले असोज २९ गते जुम्लाको चन्दननाथ नगरपालिका ६ स्थित बाबिरा मष्टो मन्दिरको धर्मशालामा १९औं सत्याग्रह सुरु गरेका थिए। तीन दिनपछि उनलाई स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको थियो।
स्थानीय प्रशासनले इच्छाविपरित धर्मशालाबाट प्रतिष्ठानमा लगेपछि उनी काठमाडौं आएका थिए। उनको स्वास्थ्य अवस्था कमजोर भएपछि त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो। उनले त्यही सत्याग्रह जारी राखेका छन्।
सत्याग्रहको आज २१ दिन पुगेको छ। तर, सरकारले भने उनका माग सम्बोधन गर्न पहल गरेको छैन। यतिका दिनसम्म पनि वार्ताका लागि पहल नगरेपछि आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्।











