Kathmandu Press

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता

 राबात, असोज १८ : संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ। अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई...
अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता

 

राबात, असोज १८ : संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ। 

Hardik ivf

अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। उत्तर अफ्रिकी मुलुकहरुको भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै सैन्य सम्झौता गरेका थिए।

उनले यसअघि अल्जेरियाको भ्रमण गरेका थिए। सन् २००६ यता पहिलो पटक अमेरिकी रक्षामन्त्री अल्जेरियाको भ्रमणमा गएका हुन्। राष्ट्रपति र सेनापतिसँग भेटवार्ता भएपनि अल्जेरियासँग कुनै सम्झौता भएको सार्वजनिक भएको छैन। 

साहेल क्षेत्रमा उत्पन्न असुरक्षाको स्थितिलाई ध्यानमा राखेर सैन्य समझदारी गर्न अल्जेरियाली नेताहरुसँग मन्त्री एस्परले प्रस्ताव राखेका थिए।

संयुक्तराज्य अमेरिकाका लागि मोरक्को प्रमुख गैर–नेटो सदस्य राष्ट्र हो। 

अमेरिकी रक्षामन्त्री एस्परले मोरक्कोका विदेश मन्त्री नास्सेर बौरितासँग भेटवार्ता गरेका थिए।

सैन्य सम्झौतापछि दुबै देशबीचको सहकार्यलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ। मोरक्कोका लागि अमेरिका सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता मुलुक हो। मोरक्कोले हरेक वर्ष ‘अफ्रिका लायन’ नामको अमेरिकी सैन्य अभ्यास पनि आयोजना गर्दछ। कोरोनाभाइरसका कारण यसवर्ष उक्त अभ्यास रद्द गरिएको छ।

प्रकाशित मिति: १७:३० बजे, आइतबार, असोज १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्