Kathmandu Press

२९ वर्षीया सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज, असोज १८ : कोरोना भाइरसको संक्रमणबाट २९ वर्षीया सुत्केरीको मृत्यु भएको छ।आज बिहान बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको...
२९ वर्षीया सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज, असोज १८ : कोरोना भाइरसको संक्रमणबाट २९ वर्षीया सुत्केरीको मृत्यु भएको छ।

आज बिहान बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उपचारका क्रममै आज बिहान ४ः३० बजे मृत्यु भएको हो।

उनी कञ्चनपुरको महेन्द्रनगरकी हुन्। सुत्केरी व्यथा लागेपछि धनगढीस्थित सेती अस्पताल भर्ना भएकी थिइन। उनी त्यही जुम्लयाहा शिशु जन्माएकी थिइन्।

उनको रक्तश्राव नरोकिएपछि कोहलपुर रिफर गरिएको थियो। असोज १४ गते कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।

त्यसपछि उनलाई असोज १५ गते कोहलपुरमा ल्याइएको थियो। उनलाई बेहोस अवस्थामै ल्याइएको कोहलपुर अस्पतालले जनाएको छ।

उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान ज्यान गएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्