Kathmandu Press

सिराहा जिल्ला प्रशासन कार्यालय एक साता बन्द

लहान, असोज १८ : कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय, सिराहा एक साताका लागि बन्द गरिएको छ।आइताबर प्रमुख जिल्ला अधिकारी प्रदीपराज...
सिराहा जिल्ला प्रशासन कार्यालय एक साता बन्द

लहान, असोज १८ : कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय, सिराहा एक साताका लागि बन्द गरिएको छ।

आइताबर प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएका छन्। त्यसैले जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जनाएका छन्।

असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको थियो। त्यस्तै, एक जना प्रशासकीय अधिकृतमा पनि सङ्क्रमण पुष्टि भएको छ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज २४ गतेसम्म अतिअवाश्यकबाहेकका सेवा बन्द गरिएको प्रजिअ कँणेलले बताए। अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन उनले आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १६:२९ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्