Kathmandu Press

गण्डकी प्रदेशमा चिकित्सकसहित ४३ जनामा कोरोना

पोखरा, असोज १८ : गण्डकी प्रदेशमा चिकित्सकसहित थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।पोखरास्थित क्षयरोग उपचार केन्द्र र चितवनस्थित चितवन मेडिकल कलेजमा...
गण्डकी प्रदेशमा चिकित्सकसहित ४३ जनामा कोरोना

पोखरा, असोज १८ : गण्डकी प्रदेशमा चिकित्सकसहित थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र र चितवनस्थित चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भएकारुमा नवलपरासीका २६, तनहुँका नौ, लमजुङका पाँच जना, गोरखा, बाग्लुङ र स्याङ्जाका एकएक जना रहेका छन्।

तनहुँका नौ जना स्वास्थ्यकर्मी रहेका छन्। उनीहरु तनहुँस्थित बिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत छन। उनीहरुमध्ये चिकित्सक पनि रहेको जनाएको छ।

त्यस्तै, लमजुङमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन्। उनीहरु सबैलाई आइसोलेसनमा राखिउको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या चार हजार ५९ पुगेको छ।

 

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्