डा.केसीको समर्थनमा आवासीय चिकित्सक आन्दोलनमा
काठमाडौं, असोज १८ : स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्।धरानस्थित बिपी कोइराला...
काठमाडौं, असोज १८ : स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंस्थित वीर अस्पताल र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक आन्दोलित भएका हुन्। उनीहरुले डा. केसीको जीवनरक्षा र माग सम्बोधनका लागि दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
उनीहरुले आजदेखि सेवा बन्द गर्न सुरु गरेका छन्। आज दुई घन्टा इमेर्जेन्सी र कोभिड उपचारबाहेकका सेवा दुई घन्टा बन्द गरेका छन्।
उनीहरुले अबको २४ घन्टाभित्र डा.केसीसँग वार्ता सुरु गर्न माग गरेका छन्। सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने जनाएका छन्।
डा.केसी भदौ २९ गतेदेखि सत्याग्रहमा छन्। जुम्लाको धर्मशालामा सत्याग्रह सुरु गरेको उनी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। अस्पतालमै सत्याग्रह जारी राखेका उनको स्वास्थ्य बिग्रिदै गएको चिकित्सकले बताएका छन्।
सरकारले भने अहिलेसम्म माग सम्बोधनका लागि पहल गरेको छैन। सत्याग्रहमा बसेको २१ हुँदा पनि वार्ताका लागि समेत पहल गरेको छैन।











