कांग्रेसद्वारा कपिलवस्तु बन्दको आह्वान, प्रशासनकाे निषेधाज्ञा
बुटवल, असोज १८ : प्रदेश ५ को राजधानी दाङको भालुवाङमा सार्ने प्रस्तावको विरोधमा बुटवलमा आन्दोलन चर्किएको छ। कांग्रेस आज कपिलवस्तु बन्दको आह्वान गरेको...
बुटवल, असोज १८ : प्रदेश ५ को राजधानी दाङको भालुवाङमा सार्ने प्रस्तावको विरोधमा बुटवलमा आन्दोलन चर्किएको छ। आज कांग्रेसले कपिलवस्तु बन्दको आह्वान गरेको छ भने स्थानीय प्रशासनले बुटवलमा निषेधाज्ञा जारी गरेको छ।
सरकारले प्रदेश ५ को राजधानी रुपन्देहीबाट दाङ सार्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ। यो प्रस्ताव दर्ता भएसँगै सत्ता र विपक्ष दलसँगै कपिलवस्तुका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्।
यसको विरोधमा कांग्रेस रुपन्देहीले आज जिल्ला बन्दको आह्वान गरेको छ। यसलाई स्थानीय बासिन्दा र संघसंस्थाले पनि समर्थन जनाएका छन्। जसले गर्दा आज बिहानैदेखि बुटवल तथा आसपासको क्षेत्र सुनासान छ।
प्रदेश सरकारको निर्णयविरुद्ध बाध्य भएर आन्दोलनमा उत्रिनु परेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए। अस्थायी राजधानी रहेकै कपिलवस्तुमा स्थायी राजधानी नबनाउँदासम्म आन्दोलन जारी रहने उनको भनाइ छ। त्यसैको सुरुआतका रुपमा स्थानीय बासिन्दाको समर्थनका लागि कपिलवस्तु बन्दको आह्वान गरिएको उनको भनाइ छ।
यसैबीच बुटवलमा आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। आज बिहान ६ बजेदेखि असोज २१ गते बेलुकी ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले जनाएको छ।
निषेधाज्ञाको समयमा भेला, सभा, समारोह तथा प्रदर्शन गर्न रोक लगाइएको छ। यो अवधिमा पाँच जनाभन्दा बढी समूहमा हिडडुल गर्न पनि नपाइने प्रशासनको सूचनामा उल्लेख छ।











