भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु
काठमाडौं, असोज १८ : चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका-७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार...
काठमाडौं, असोज १८ : चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका-७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज १६ गते ती पुरुष अस्पताल भर्ना भएका थिए। कोरोना संक्रमित ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि भर्ना भए लगत्तै कोभिड आईसीयूमा भर्ना गरिएको थियो।
योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।
प्रकाशित मिति: १४:२५ बजे, आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











