राष्ट्रपति भण्डारीले गरिन् ट्रम्पको स्वास्थ्य लाभको कामना
काठमाडौं, असोज १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेकी छिन्।कोरोना संक्रमित बनेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई राष्ट्रपति भण्डारीले...
काठमाडौं, असोज १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेकी छिन्।
कोरोना संक्रमित बनेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई राष्ट्रपति भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएकी हुन्। राष्ट्रपति भण्डारीले ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै कोभिड–१९ लाई नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्नेमा जोडसमेत दिएकी छन्।
नेपाल र अमेरिकाबीचको बहुआयामिक सम्बनध आगामी दिनमा अझ सुदृढ हुने विश्वास राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छिन्।
प्रकाशित मिति: १४:१८ बजे, आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











