Kathmandu Press

गगन थापासहित कांग्रेसका ७० जनामा कोरोना संक्रमण  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहितका ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
गगन थापासहित कांग्रेसका ७० जनामा कोरोना संक्रमण  
गगन थापा।

काठमाडौं, असोज १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहितका ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा केसी, थापा, शम्भुलाल श्रेष्ठसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

केन्द्रीय समिति बैठकअघि बिहीबार कांग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २७० जनाको कोरोना परीक्षण गरिएको थियो। यीमध्ये अझै केहीको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ। 

७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। केन्द्रीय समिति अघि भोलि पदाधिकारी बैठक बस्दैछ।

कोरोना पोजेटिभ आएका आधिकांश नेताका सुरक्षा गार्ड प्रहरीहरु छन् । त्यसका साथै नेताका सहयोगी र केही परिवारका सदस्यहरु रहेका छन्। १५ जना केन्द्रिय सदस्यहरुको भने पुन पीसीआर गरिने भएको छ ।

प्रकाशित मिति: ०२:४७ बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्