प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भण्डारीलाई पनि कोरोना संक्रमण
काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण भएको छ। शुक्रबार दिएको उनको स्वाबको रिपोर्ट शनिबार...
काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण भएको छ।
शुक्रबार दिएको उनको स्वाबको रिपोर्ट शनिबार पोजेटिभ आएको छ। उनीसँगै स्वाब दिएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार आएको रिपोर्टमा आफूहरुमा कोरोना पुष्टि भएको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन्।
प्रकाशित मिति: २३:०५ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











