Kathmandu Press

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ, तीन जना सल्लाहकारको पोजेटिभ  

काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार...
प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ, तीन जना सल्लाहकारको पोजेटिभ  

काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पुष्टि भएको हो। उनीहरु तीनै जनाले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।  

तीन जना सल्लाहकारमा कोरोना पुष्टि हुँदा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको हो।  
प्रधानमन्त्री ओलीको बिहीबार कोरोना परीक्षण गरिएको थियो भने रिमाल, भट्टराई र थापाको शुक्रबार परीक्षण गरिएको थियो।

 'प्रधानमन्त्रीज्यूको बिहीबार गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उहाँहरु (सल्लाहकार समूह)को शुक्रबार परीक्षण गरिएको थियो,' बजगाईले भने, 'स्वाव संकलन भएपछि प्रधानमन्त्रीसँग उहाँहरुको भेटघाट भएको छैन।'

प्रकाशित मिति: २२:५३ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्