प्रधानमन्त्रीका सल्लाहकारत्रय रिमाल, भट्टराई र थापालाई कोरोना संक्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ।
काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ।
प्रधानमन्त्रीका सल्लाहकारत्रय रिमाल, भट्टराई र थापाले शुक्रबार स्वाब दिएका थिए। शनिबार आएको रिपोर्टमा आफूहरुमा कोरोना पुष्टि भएको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन्।
हिजोको PCR परीक्षणबाट
— Bishnu Rimal (@BishnuRimal) October 3, 2020
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j
प्रकाशित मिति: २२:२५ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











