Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

काठमाडौं, असोज १७ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १७ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५२८ पुगेको छ। 

यस्तै, शनिबार नेपालमा थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ। संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर २०४४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:१३ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्