Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ११७७ जना कोरोना संक्रमित

काठमाडौंमा १००१ सहित उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा थपिए ११७७ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज १७ :  काठमाडौंमा १००१ सहित उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

उनका अनुसार काठमाडौंका १००१, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, शनिबार नेपालमा थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ। संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२८ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर २०४४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०९ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्