Kathmandu Press

थप २१२० जनामा कोरोना संक्रमण पुष्टि

 नेपालमा थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  
थप २१२० जनामा कोरोना संक्रमण पुष्टि
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १७ :  नेपालमा थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २१२० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ। संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२८ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर २०४४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०४ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्