Kathmandu Press

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव विरूद्ध प्रदेशसभा भवन घेराउ गर्ने कांग्रेसको निर्णय

बुटवल, असोज १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ को राजधानी बुटवलबाट सार्ने प्रस्तावको विरोधमा आन्दोलन गर्ने भएको छ। शनिबार बसेको...
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव विरूद्ध प्रदेशसभा भवन घेराउ गर्ने कांग्रेसको निर्णय

बुटवल, असोज १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ को राजधानी बुटवलबाट सार्ने प्रस्तावको विरोधमा आन्दोलन गर्ने भएको छ। 

शनिबार बसेको कांग्रेस रुपन्देहीको बैठकले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउन सरकारले संसदमा दर्ता गरेको प्रस्तावको विरोधमा प्रदेशसभा घेराउ गर्ने निर्णय गरेको हो। 

बैठकले सरकारको प्रस्तावविरुद्धआइतबार रुपन्देही बन्दको घोषणा गरेको छ। यस्तै, १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको पार्टी सचिव रामकृष्ण खाँणले जानकारी दिए। 

यसअघि शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रदेश राजधानी दाङको भालुवाङलाई बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको थियो। प्रस्ताव पेश भएपछि रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद र कांग्रेस रुपन्देहीले विरोध जनाएको थियो। 

राजधानी सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शुक्रबार साँझ बुटवलमा प्रदर्शन समेत गरेको थियो। सरकारले स्थायी राजधानी र नाम पारित गर्न पेश गरेको प्रस्तावमाथि सोमबारदेखि छलफल सुरु हुँदैछ।

प्रकाशित मिति: २२:०१ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्