भक्तपुरमा घरमै आइसोलेसन बसेका कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं, असोज १७ : कोरोना भाइरसको संक्रमणबाट भक्तपुरमा थप एक जनाको मृत्यु भएको छ।कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसन बसेका मध्यपुरथिमी–१ लोहकिल्थलीका ५०...
काठमाडौं, असोज १७ : कोरोना भाइरसको संक्रमणबाट भक्तपुरमा थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसन बसेका मध्यपुरथिमी–१ लोहकिल्थलीका ५० वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो। घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्य बिग्रिएपछि पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो।
योसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
प्रकाशित मिति: १९:३९ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











