Kathmandu Press

विराटनगर उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु 

दमक, असोज १७ : कोरोना भाइरसको संक्रमणबाट झापाकी एक वृद्धाको मृत्यु भएको छ। विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दमक नगरपालिका–७ की ६८ वर्षीया...
विराटनगर उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु 
सांकेतिक तस्वीर।

दमक, असोज १७ : कोरोना भाइरसको संक्रमणबाट झापाकी एक वृद्धाको मृत्यु भएको छ। 

विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दमक नगरपालिका–७ की ६८ वर्षीया वृद्धाको शनिबार मृत्यु भएको हो।

केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए।

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
 

प्रकाशित मिति: १९:२८ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्