नेकपा सचिवालय बैठक स्थगित, भोलि अपरान्ह बस्ने
काठमाडौं, असोज १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। शनिबार अपरान्ह ४ बजेका लागि बोलाइएको सचिवालय बैठक आइतबार...
काठमाडौं, असोज १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।
शनिबार अपरान्ह ४ बजेका लागि बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी स्थगित भएको प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिए।
आइतबार अपरान्ह ४ बजेपछि बस्ने बैठकमा मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुनेछ।
बैठकमा पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको राजदूत नियुक्ति लगायतका विषयमा पनि छलफल हुने नेकपा स्रोतले जनाएको छ।
प्रकाशित मिति: १७:१५ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











