Kathmandu Press

त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते

धादिङ, असोज १७ : त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन्।पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी नजिकै  भैरहवाबाट काठमाडौं जाँदै गरेको ना...
त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते

धादिङ, असोज १७ : त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन्।

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी नजिकै  भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक शनिबारबिहान ५ बजे  त्रिशुली नदी किनारमा खसेको हो। ट्रकको आधा भाग डुबेको अवस्थामा छ।

दुर्घटनामा परी घाइेत हुनेमा  ट्रक चालक गल्छी–७ धादिङ्गका २८ वर्षीय रोहित तामाङ, सोही ठाउँका १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

इलाका प्रहरी कार्यालय  मुग्लिन र सशस्त्र प्रहरी बल  विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि धादिङको गजुरी अस्पताल पठाएको  ट्राफिक प्रहरी कार्यालय  मुग्लिनले जनाएको छ।

प्रकाशित मिति: १६:११ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्