Kathmandu Press

प्रधानमन्त्री ओलीद्धारा ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत...
प्रधानमन्त्री ओलीद्धारा ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं, असोज १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको  शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई २४ घण्टा नबित्दै अस्पताल भर्ना गरिएको छ । ट्रम्पलाई आज बिहानबाट ज्वरो पनि आएको चिकित्सकहरूले जनाएका छन् । 

प्रकाशित मिति: १४:३८ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्