Kathmandu Press

एन्जर्सविरूद्ध पीएसजीको शानदार जित, नेयमारको उत्कृष्ट प्रदर्शन 

काठमाडौं, असोज १७ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सविरूद्ध शानदार जित हात पारेको छ ।दुई खेलको प्रतिबन्धपछि मैदान...
एन्जर्सविरूद्ध पीएसजीको शानदार जित, नेयमारको उत्कृष्ट प्रदर्शन 

काठमाडौं, असोज १७ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सविरूद्ध शानदार जित हात पारेको छ ।

दुई खेलको प्रतिबन्धपछि मैदान फर्किएका नेयमारले उत्कृष्ट प्रदर्शन गर्दै पीएसजीलाई जित दिलाएका हुन् । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

पीएसजीका लागि नेयमारले दुई तथा एलेसान्ड्रो फ्लोरेन्जी, जुलिएन ड्रेक्सलर, इड्रिसा गुएयी र केलियन एमबाप्पेले एक/एक गोल गरे । एन्जर्सका लागि इजमाइल ट्राओरीले एक गोल फर्काए । 

प्रकाशित मिति: १४:२३ बजे, शनिबार, असोज १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्