विश्वमा कोरोना कहर : कुल संक्रमितको ७४ प्रतिशत निको भए
काठमाडौं, असोज १७ : कोरोना महामारीबाट २ करोड ५८ लाख वढी निको भएका छन् । शनिबार बिहानसम्म संक्रमित भएका ३ करोड ४८ लाख...
काठमाडौं, असोज १७ : कोरोना महामारीबाट २ करोड ५८ लाख वढी निको भएका छन् । शनिबार बिहानसम्म संक्रमित भएका ३ करोड ४८ लाख १७ हजार ८५२ मध्ये २ करोड ५८ लाख ८५ हजार ३७५ जना निको भएका हुन् ।
विश्वभर कोरोना भाइरसका कुल संक्रमितको ७४ प्रतिशत निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख २३ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् भने ३ लाख १४ हजार बढी संक्रमित थपिएका छन् ।
यस्तै एकै दिन थप ५ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ३२ हजार २६१ पुगेको छ ।
भाइरसबाट सबैभन्दा वढी प्रभावित बनेको अमेरिकामा ७५ लाख लाख वढी संक्रमितमध्ये २ लाख १३ हजारले ज्यान गुमाईसकेका छन् । यस्तै भारतमा ६४ लाख संक्रमितमध्ये १ लाख वढीले ज्यान गुमाईसकेका छन् ।
प्रकाशित मिति: १३:४४ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












