Kathmandu Press

कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना 

काठमाडौं, असोज १७ : कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै थप...
कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना 

काठमाडौं, असोज १७ : कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै थप सावधानीका लागि वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको जानकारी दिएको हो । 

यसअघि हिजो राष्ट्रपति ट्रम्पले पत्नी मेलानिया र आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए। साथै, उनले आफूहरु क्वारेन्टाइनमा बसिरहेको समेत उल्लेख गरेका थिए।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले थकान महसुस गरेको र चाँडै निको हुने आशामा रहेको उल्लेख गरेको छ। त्यहाँका सञ्चार माध्यमहरुका अनुसार ट्रम्पलाई सामान्य ज्वरो आएको छ।

राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार चलिरहेका बेला ट्रम्पलाई कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति: १३:३० बजे, शनिबार, असोज १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्