भेरी अस्पतालमा उपचाररत काेराेना संक्रमित महिलाको मृत्यु
काठमाडौं, असोज १६ : भेरी अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका ९ बाँकेमा बस्दै आएकी २५ वर्षीया महिलाको...
काठमाडौं, असोज १६ : भेरी अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका ९ बाँकेमा बस्दै आएकी २५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो।
उनमा भदौं ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको महिलालाई प्लाज्मा थेरापी र रेमडेसिभिरको प्रयोग गरी उपचार गरिएको थियो।
सबै प्रकारका उपचार विधि अपनाएर उपचार गरिँदा पनि उनकाे स्वास्थ्यमा सुधार नआएपनि उनलाई आज बिहान भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
उनको शुक्रबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: ०१:३१ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











